तपाईँ सुन्दै हुनुहुन्छः

धनगढीमा पनि प्रजातन्त्र दिवस भव्य रुपमा मनाइयो

धनगढी । धनगढीमा आज ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रुपमा मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस प्रदेश स्तरीय मुल समारोह समितिको आयोजनामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको परिसरमा विशेष समारोहबिच प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यमा ७४औ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाइएको हो ।

समारोहलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री एवं मुल समारोह समितिका संयोजक कमल बहादुर शाहले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको सङ्कल्प हासिल गर्न सदैव उत्साह एवं प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभयो । मुख्यमन्त्री शाहले नेपाली जनताको त्याग, सर्घष र बलिदानीबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनको व्यवस्थाको संस्थागत विकास, आर्थिक समृद्धि, समतामुलक समाज निर्माण र सुशासन प्रवर्धन गर्न प्रजातन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु, भन्नुभयो । 

मुख्यमन्त्री शाहले प्रदेशवासीको अपेक्षालाई केन्द्रबिन्दुमा राखेर समुन्नत प्रदेश निर्माण तथा सामाजिक, आर्थिक, पूर्वाधार विकासतर्फ लक्षित भई सरकार अघि बढिरहेको बताउनुभयो । 

उहाँले विभिन्न कठिनाइ र चुनौतीका बिच प्रदेश सरकार उपलब्ध स्रोतसाधन, जनशक्तिको अधिकतम प्रयोग गरि जीवनस्तर उकास्न तथा जनताको समृद्धिको सपना साकार पार्ने दिशामा प्रयत्नशील रहेको बताउनुभयो ।

समारोहमा सभामुख भीमबहादुर भण्डारी, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा, आर्थिक मामिला मन्त्री नरेशकुमार शाही, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी, उपसभामुख कोइलीदेवी चौधरी, प्रदेश सभा सदस्यहरु उच्च पदस्थ सरकारी अधिकारी, कर्मचारी लगायतको सहभागिता रहेको थियो । त्यस अवसरमा स्थानीय भेषभुषा झल्कने विभिन्न झाकी प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button