तपाईँ सुन्दै हुनुहुन्छः

अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विधेयक राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित 

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा लगायत । तस्बिर: किरणराज विष्ट/रासस

काठमाडौँ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकले अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जन सहित सर्वसम्मतिले पारित गरेको छ ।

राष्ट्रिय सभामा उत्पत्ति भई पारित भएर सुझाव सहित प्रतिनिधि सभामा पेश भएको अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो । 

विधेयकले संघीय सरकारको आयोजना र अनुदानमा सञ्चालित आयोजना अनुगमन तथा मूल्याङ्कन गर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button