तपाईँ सुन्दै हुनुहुन्छः

यौन दुर्व्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश

न्यूयोर्क । न्यूयोर्कको अदालतले अमेरिकी पूर्व राष्ट्रपति तथा सन् २०२४ का उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्ति बापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ ।

क्यारोलले मानहानिको लागि क्षतिपूर्ति स्वरूप एक करोड डलरभन्दा बढी माग गर्नुभएको छ । 

फैसला लगत्तै ट्रम्पद्वारा जारी विज्ञप्तिमा फैसलालाई ‘हास्यास्पद’ भन्दै अपिल गर्ने उहाँले बताउनुभएको छ । 

तीन घण्टाभन्दा केही कम समयको सुनुवाइपछि अदालतले आफ्नो निर्णय सुनाएको हो । 

यस मुद्दामा सुरुमा अदालतमा उपस्थित हुनुभएका ट्रम्पले बीचमा मुद्दाबारे आक्रामक धारणा सार्वजनिक गर्नुभएको थियो तर पछि अन्तिम बहसको लागि अदालती सुनुवाइमा सहभागी हुनुभएको थियो । क्षतिपूर्ति र दण्डात्मक क्षतिको स्तर अदालतका क्लर्कले पढ्दा उहाँ अदालतभन्दा बाहिर (अन्यत्रै) हुनुहुन्थ्यो ।

क्यारोलले भन्नुभएको छ, “यो हरेक महिलाका लागि ठूलो जित हो, जो आफूमाथि आक्रमण भएका समय उठ्नलाई हौसला हुनेछ । महिलालाई तल झार्ने कोसिस गर्ने हरेक धम्कीविरुद्धको यो ठूलो हार हो ।” 

न्यायाधीशले आफ्नो गोपनीयताको रक्षा गर्न प्रोत्साहित गरेपछि नौ जना पुरुष र महिलाहरू अदालतबाट बाहिर निस्कँदा एक न्यायाधीश क्यारोललाई हेरी मुस्कुराएका देखिएको थियो । “के तपाईँले ध्यान दिनुभयो, यो मेरो लागि प्रष्ट छ,” न्यायाधीश लुइस कपलानले फैसला सुनाउँदै भन्नुभयो ।

ट्रम्पले क्यारोलको बारेमा सार्वजनिक टिप्पणीमा दुर्भावनापूर्ण कार्य गरेको क्षतिपूर्ति स्वरूप ७३ लाख डलर र प्रतिष्ठामाथिको क्षतिका लागि एक करोड १० लाख डलर र दण्डात्मक क्षतिपूर्तिको रूपमा छ करोड ५० लाख डलर जरिवाना तोकेको छ । 

युनिभर्सिटी अफ रिचमन्ड स्कुल अफ लका प्राध्यापक कार्ल टोबियासले फैसलाबारे टिप्पणी गर्दै भन्नुभयो, “म यो पुरस्कारबाट आश्चर्यचकित भएको छैन किनभने सुनुवाईका क्रममा उहाँको गम्भीर दुर्व्यवहारले न्यायाधीशलाई विमुख बनाएको हुनसक्छ ।”

टोबियासले भन्नुभयो, “ट्रम्प अपीलमा विजयी हुने सम्भावना छैन, किनकि न्यायाधीशहरूले कपलानलाई ठूलो सम्मान गर्छन्, उहाँ धेरै अनुभवी संघीय न्यायविद् हुनुहुन्छ ।”

न्यूयोर्कको एउटा छुट्टै संघीय देवानी मुद्दामा क्यारोलमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा जुरीले दोषी ठहर गरेका ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्मको प्रयोग गरेर क्यारोल, सुनुवाई र न्यायाधीशमाथि आक्रमण गर्ने अपमानजनक सन्देशहरूको बाढी ल्याउनुभएको थियो । रासस÷एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button