बाँकेमा अख्तियारद्वारा प्रहरी सहायक निरीक्षक घुससहित पक्राउ
नेपालगञ्ज । बाँकेमा एक जना प्रहरी सहायक निरीक्षक घुससहित पक्राउ परेका छन् ।
प्रहरी चौकी खडैचामा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्रसिंह भण्डारीले कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएर गएको टोलीले प्रहरी सहायक निरीक्षक भण्डारीलाई सेवाग्राहीबाट ८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा बुधबार उक्त रकमसहित पक्राउ गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।
अख्तियारका सहायक प्रवक्ता थपलियाले प्रेस विज्ञप्तिमार्फत घटनाबारे जानकारी दिनुभएको हो । चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्