तपाईँ सुन्दै हुनुहुन्छः

स्थापना भएको एक दशकसम्म पनि आयोजना बनेन, जनताको बत्ती बाल्ने धोको अधुरै

मुगु । कर्णाली प्रदेशकै अति बिकट मानिने हिमाली जिल्ला मुगुको पश्चिमी  खत्याडी  जनताहरूको बिजुली बत्ती बाल्ने धोको अधुरै रहेको छ । १८ महिनामा सम्पन्न गर्नु पर्ने  बिरा बगर जल बिद्धुत आयोजना  स्थापनाको दश वर्षमा पनि सम्पन्न  हुन नसकेपछि  खत्याडी जनताहरूको बिजुली बत्ती बाल्ने धोको अधुरै रहेको हो ।  

खतेड गाउँपालिकामा  हालसम्म  कुनै पनि बिद्धुत प्रसारण लाइन पुग्न सकेको छैन । “हामी खत्याडवासीले कहिले बिजुली मुख देख्न्या, भएको बिरा बगरको आयोजना बर्षौ भयो अझ बन्दैन के गर्ने हाम्रा सपना अधुरै हुने भए” खत्याड–३ रोलका स्थानीय गोकर्ण बहादुर शाहीले गुनासो गर्नु भयो ।

बिजुली नहुँदा गाउँमा सानातिना उद्योग व्यवसाय सञ्चालन गर्ने थियौ – शाहीले भने ।  खत्याड भेगमा बिजुली बत्ती नहुँदा  केही बस्तीहरू सञ्चारको पहुँच भन्दा बाहिर रहेको  खत्याड सुकाढिक गाउँका स्थानीय कविराज कार्कीले बताउनु भयो । खतेडमा  इमेल, इन्टरनेट परको कुरा भयो चाहेको ठाउँ बाट फोन पनि गर्न नसकिने  कार्कीले बताउनु भयो ।   यो भनाई शाही र कार्कीको  मात्र हैन खत्याड बासी सबैको यस्तै समस्या र गुनासो गर्ने भेटिन्छन् ।  

खतेड भेगका  १  देखि  ११ वडाका करिब  ५ दर्जन बस्तीका  ४ हजार २ सय घरधुरी लाई लक्षित गरि  बिरा बगर जल बिद्युत् आयोजना स्थापना भएको  थियो । २०६९ सालमा  आयोजनाको डिपिआर तयार गरि मिति २०७४ साल  चैत्र  ५ गते उत्पादन तर्फ र २०७५ भदौ ६ गते वितरण तर्फ  बोलपत्र आह्वान गरी  कान्तिपुर दैनिकमा सूचना  प्रकाशित गरिएको थियो ।

२०७५  मङ्सिर १५ मा उत्पादन तर्फ , मेगा फेवा जेभि सँग र प्रसारण तर्फ कस्मिक इलेक्टोनिक गरि दुवै   निर्माण कम्पनी सँग  १८ महिने  ठेक्का सम्झौता भएको खत्याड गाउँपालिकाले जनाएको छ ।

संसारभर महामारीको रूपमा फैलिएको कोभिड–१९  र  २०७९ असोजमा महिनामा परेको भीषण पानीका कारण  आयोजना स्थलमा बनेका संरचनाहरू पहिरो  गई तहसनहस बनाई दिएपछि  पुन नयाँ संरचनाहरू निर्माण गर्नु पर्ने भएकाले  बिद्धुत आयोजना निर्माण कार्यमा ढिलाइ भएको खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीले बताउनु भयो ।

अबको  ५ देखि  ७ महिना भित्र बिद्धुत आयोजनाको काम पूरा हुने र खत्याडी जनताहरूको बर्षौ देखिको बिजुली बत्ती बाल्ने सपना  पूरा हुने अध्यक्ष शाहीले बताउनु भयो।  आयोजनाको  निर्माण कार्य लम्बिँदा खत्याडी जनताहरू निरास हुँदै आएका थिए ।  बिद्धुत  आयोजनाको कुल लागत रू २७ करोड ५५ लाख  ८ हजार २ सय ५४ रहेको छ । यस  आयोजनाको  कुल बिधुत उत्पादन क्षमता ५ सय किलोवाट रहेको बताइएको छ ।  आयोजना स्थलमा निर्माण सामाग्रीहरू लामो समय सम्म रहँदा खिया लागेर  यताउता छरिएका छन् ।

यति लामो समयमा पनि बिद्युत् आयोजनाको निर्माण कार्य समयमा पूरा नभएपछि  खत्याड भेगमा बिजुली बत्ती  बल्ने सवाल अन्योलमा परेको कुरा आफूहरूले महशुस गरेको स्थानीय बासिन्दाले बताएका छन् । 

एडिबीको अनुदान, माछापुच्छ्रे  बैकको १० प्रतिशत  ऋण  र सहकारीको  १० प्रतिशतका दरले आन्तरिक व्यवस्थापन हुने गरी   आयोजनाको जम्मा लागत  तय गरिएको बताइएको छ ।  बिकास र समृद्धिको मुख्य आधार बिजुली भएकाले   यस आयोजना छिटो छरितो ढङ्ग बाट निर्माण पूरा भएको खण्डमा  खत्याडी जनताहरूको  वर्षौँको बिजुली बत्ती बाल्ने सपना पुरा हुने यहाँ अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button