लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका झक्कु प्रसाद सुवेदीको उम्मेदवारी दर्ता

दाङ । लुम्बिनी प्रदेशबाट नेकपा माओवादी केन्द्रका झक्कु प्रसाद सुवेदीले उम्मेदवारी दर्ता गराउनु भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुवेदीले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदकारी दर्ता गराउनु भएको हो ।
सुवेदी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौँ–२ बाट तत्कालीन एमाले नेता माधवकुमार नेपाललाई पराजित गरी चर्चामा आउनु भएको थियो ।
सुवेदीको समर्थकमा दिल कुमारी बुढा र प्रस्थापकमा मिना बुढा रहनु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्