कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
जिल्लाको लालझाडी गाउँपालिका–६ चानदेव ढक्कास्थित सुदूरपश्चिम प्रदेश ०१००२ त ७०१३ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँका भुपेन्द्र सिंहको ११ वर्षीया छोरी अमृता सिंहको घटनास्थलमा नै मृत्यु भएको हो।
ट्याक्टर र ट्याक्टर चालक शुक्लाफाँटा नगरपालिका–१२ का ४० वर्षीय मानबहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।







प्रतिक्रिया राख्नुहोस्