उद्योगको लाइन काटिएको विरोधमा सिमरामा मजदुरहरूले प्रदर्शन

बारा । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको लाइन काटिदिएको विरोधमा बाराको सिमरामा मजदुरहरूले प्रदर्शन गरेका छन् ।
उद्योग बन्द हुँदा आफूहरूको रोजीरोटी सङ्कटमा परेको भन्दै जगदम्बा स्टिल, त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा कार्यरत मजदुरहरूले प्रदर्शन गरेका हुन् ।
जगदम्बा स्टिल उद्योगका मजदुरहरूबाट सुरु भएको विरोध प्रदर्शनमा त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा कार्यरत मजदुरहरू पनि जोडिएका थिए । उद्योग र प्राधिकरण बीचको द्वन्द्वको मारमा मजदुरहरूले आफूहरू परेको उनीहरूले गुनासो गरेका छन् ।
जगदम्बा स्टिलमा करिब ३ हजार ५ सय, त्रिवेणी स्पिनिङमा करिब २ हजार ५ सय र हुलास स्टिलमा करिब एक हजार ५ सय मजदुरहरू कार्यरत छन् ।
आ–आफ्ना कारखानाबाट प्लेकार्डसहित प्रदर्शनमा निस्किएका उनीहरूले नेपाल विद्युत् प्राधिकरणको कार्यालय घेराउ गरी ईलाका प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् ।







प्रतिक्रिया राख्नुहोस्