गाउँ गाउँ पुगेर भकारी बिक्री गर्दै डुम (मरिक) समुदाय

मोरङ । मोरङ र सुनसरी लगायत ग्रामीण क्षेत्रका गाउँहरूमा मङ्सिर, पुस अर्थात् कृषकले उत्पादन गरेको धान लगायत कृषि उपज बाली थन्काउने समय लक्षित गरेर डुम (मरिक) समुदायको पेशालाई संकट पर्नमा नदिन गाउँ गाउँमा भकारी बिक्री वितरण गर्ने गरेका छन् ।
सुनसरी दुहबी पचिरा निवासी प्रभु मरिक अहिले मोरङ र सुनसरीको गाउँ गाउँमा पुगेर भकारी बिक्री गर्दै आइरहेका हुन ।
सुनसरी दुहबी पचिरा निवासी मरिकले २० वर्षदेखि मोरङ, सुनसरी लगायत अन्य ग्रामीण क्षेत्रका ठाउँहरूमा धान बाली पाकेसँगै धान भित्र्याइने र थन्काउने समय मङ्सिर, पुस , माघ महिना सम्म गाउँ गाउँमा पुगेर भकारी बिक्री गर्दै आइरहेका छन् ।
मरिकका घरमा भकारी आफैँ बाँसको चोया बाट बनाउने गरेको र आफूले नै गाउँमा पुगेर १५ मन देखी बीस मन सम्म धान अटने भकारी १हजार ८ सय रुपैयाँ देखि २ हजार रुपैयाँसम्म बिक्री गर्ने गरेको उहाँको भनाई छ ।

दैनिक ८ सय देखि १ हजार सम्म आम्दानी हुने गरेको प्रभु मरिकले बताउनुभयो । कमाएको आम्दानीबाट जीविकोपार्जन गर्ने गरेको समेत उहाँले बताउनुभयो ।
भकारी बनाउने पेसामा युवाहरूको आकर्षण नदेखिएकोले पुर्ख्यौली पेशालाई सङ्कटमा पर्न नदिन आफूहरू लागि परेको बताउनुभयो ।
भकारीमा धान , गहुँ लगायत कृषि बालीहरू कृषकहरूले राख्ने गरेका छन् । तर हाल बजारमा फलामका ड्रम , प्लाष्टिकको बोरा, जस्ता९ टिन० लाई बेरेर , बाँसको चोया बाट बनाएका चिद्राको पनि प्रयोग , जुटको बोरा लगाएतको प्रयोग गर्ने गरेको कृषकहरू बताउँछन् । कृषकले बजारमा सहज रूपमा खरिद गर्न पाईने प्लाष्टिकका बोरा लगाएतको सामग्रीहरूको प्रयोगले गर्दा भकारीको लोकप्रियता र खरिद बिक्री घट्दै गएको भकारी व्यवसायी हरू बताउँछन् । बजारमा पाईने आधुनिक सामग्री हरूको प्रयोगले गर्दा नै डुम (मरिक) समुदायको भकारी बनाउने पेशा नै सङ्कटमा पर्न थालेकोको डुम मरिक समुदायहरू बताउँछन् । भकारी बाँसको चोया बाट बनाइने हुँदा १२ बर्ष देखी १५ बर्ष सम्म टिकाउ हुने गरेको कृषक तथा जानकारहरू बताउँछन् । हाल गाउँ घरमा भकारीमा धान राख्ने कृषकहरू विरलै पाइन्छन् ।
सरकारले भकारी बिक्री गर्ने डुम ९मरिक० समुदायलाई जागरूक बनाएर सीप विकास गरी समुदायको सीप लाई पुस्ता हस्तान्तरणका लागि कार्यक्रम हरू सञ्चालन गरी जातीय सीप बाट तयार सामग्री हरू बजारीकरणका लागि आवश्यक कार्यक्रम हरू सञ्चालन गरी दिई आत्मनिर्भर बनाउनुपर्ने आवश्यक देखिएको छ ।






प्रतिक्रिया राख्नुहोस्