तपाईँ सुन्दै हुनुहुन्छः

राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिता सुरु

जनकपुरधाम । जनकपुरधामको वडा नंं २३ विन्धिमा महामना राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले प्रतियोगिताको उद्घाटन गर्दै उपमहानगरपालिकाले खेलको विकासलाई उच्च प्राथमिकतामा राखेकोले नगर क्षेत्रका खेलकुद मैदानलाई व्यवस्थित बनाउन वडा कार्यालयहरूलाई आग्रह गर्नुभयो ।

उहाँले नेपालको पत्रकारिता इतिहासमा स्वर्गीय राजेश्वर नेपालीको ठूलो योगदान रहेको बताउँदै उहाँको नाउँमा क्रिकेट टुर्नामेन्ट हुन लागेकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रमका सभापति तथा वडा नंं २३ का वडाध्यक्ष राघवेन्द्र साहले युवाहरूलाई कुलतबाट जोगाउन खेलकुद महत्वपूर्ण माध्यम भएकाले खेलको विकासका लागि प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा खेलका संयोजक रमेश साह, स्थानीय अगुवा युवा केवल शर्मा, पत्रकार श्रीनारायण साह सहितका वक्ताहरूले प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार राजेश्वर नेपालीको नाममा भइरहेको प्रतियोगिता महत्वपूर्ण भएको बताउनुभयो ।

दुग्धमति युवा क्लब वडा नंं २३ वेला जनकपुरधामको आयोजनामा शुरु भएको प्रतियोगितामा धनुषा तथा महोत्तरीका १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिता १३ दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button