नेकपा एसको सचिवालय बैठक बस्दै
काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज सोमबार बस्दैछ ।
केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकले पार्टीको महाधिवेशनको नयाँ मिति तय गर्नेसहितका एजेण्डा तय गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो।
आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय भए पनि राष्ट्रियसभा निर्वाचनका कारण नयाँ मिति टुंगो लगाउनुपर्ने उहाँको भनाइ छ ।
बैठकमा बैठकमा अन्तरपार्टी निर्देशन (अपानि)मा नेताहरूको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्