तपाईँ सुन्दै हुनुहुन्छः

अख्तियारद्वारा एक जना प्रहरी रंगेहात पक्राउ

नेपालगञ्ज । बर्दियामा एक जना प्रहरीलाई अख्तियारले ४० हजार घुससहित रंगेहात पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी वरिष्ठ नायव निरीक्षक पवन साउदलाई अख्तियारले घुससहित रंगेहात पक्राउ गरेको हो ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले आज दिउँसो साढे एक बजे मुद्दा फाँटका साउदलाई पक्राउ गरेको हो ।

लागूऔषध प्रयोगकर्तासँग सेटिङ मिलाइदिने भन्दै साउदले ४० हजार घुस मागेका थिए । उक्त घुससहित अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका साउदमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button