तपाईँ सुन्दै हुनुहुन्छः

सुस्ता ठाडिघाट मेला : कुस्तीको उपाधि भारतीय पहलमानलाई

नवलपरासी,पश्चिम् । नेपालको ऐतिहासिक भूमि सुस्तामा कार्तिक शुक्ल पुर्णिामाका दिन नारायणी नदिकिनारमा मेला लाग्ने गर्दछ ।हरेक बर्ष यहाँको मेलाको आकर्षण भनेको कुस्ती अर्थात् विराट दङ्गल प्रतियोगिता नै हो ।यो ठाउँ सुस्ता गाउँपालिकाको वडा नम्बर ५ स्थित पक्लिहवामा पर्दछ।यसलाई ठाडिघाट वा अनोमाघाटले चिनिन्छ।यहाँ नेपाल र भारतका श्रद्धालु भक्तजन तथा दर्शकहरूको घुइँचो लाग्ने गर्दछ।

प्राय हरेक बर्ष जस्तै यस बर्षपनि भारतीय कुस्तिबाजहरुले नै उपाधि हात पारेका छन् ।कुस्ती प्रतियोगिताको प्रथम उपाधि भरत केशरी रामेश्वरले नगद ३२ हजार सहित हात पारे।भने दृतिय तृतीय हुने भारतीय पहलमानले समेत नगद पुरस्कार हासिल गरे।ढाडिघाट अर्थात् अनोमाघाटको परिचय नै कात्तिक शुक्ल पूर्णिमाको मेला र कुस्तीले बोकेको छ ।

यसपटक पनि हजारौँ नेपाली र भारतीयहरूले मेला अवलोकन गरेको आयोजकको दाबी छ ।मेलाको प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवारले उद्घाटन गर्दै सुस्ताको यस स्थललाई राष्ट्रकै परिचय बोक्ने पर्यटकीय स्थलको रुपमा बिकास गरिनु पर्नेमा जोड दिनुभएको थियो ।सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले सुस्ता एउटा सम्भाव्यता बोकेको ऐतिहासिक ठाउँ भएपनी राज्यले यहाँको विकासमा कुनै चासो नदिँदा सुस्ताका नागरिक सिमान्तकृत बन्नु परेको बताउनु भयो ।”सुस्ता नेपालमै छ है भनेर भन्नू पर्ने दिन आउन थाल्यो ।पालिकाले मात्रै कति गर्न सक्छ र।सुस्ताको पिडामा राज्य सधैँ मुख दर्शक भो”उपाध्यायले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button