तपाईँ सुन्दै हुनुहुन्छः

लागू औषध नियन्त्रणका लागि कर्णालीमा ‘लालटिन’ अभियान 

मुगु । लागू औषधको ओसार पसार,व्यापार र प्रयोग नियन्त्रण गरि सभ्य,शान्त र लागू औषध सेवनरहित समाज बनाउने उद्देश्यसहित नेपाल प्रहरीले ‘लालटिन’ अभियान सुरु गरेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले लागू औषध विरुद्ध लागू गरेको लालटिन कार्ययोजना २०८० अनुसार लागू औषध नियन्त्रण गर्न जिल्लादेखि बस्ती स्तर हुँदै क्याम्पस,विद्यालयसम्म  स्थानीय सरकार,नागरिक अगुवा,पत्रकार,युवा,महिला,विद्यार्थी, प्रहरी,स्थानीय प्रशासनको संलग्नतामा लालटिन अभियान समूह,समितिहरू बन्ने र ती समूह समितिहरूले लागू औषध नियन्त्रणका लागि आवश्यक भूमिका खेल्ने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक (डिएसपी) विरेन्द्र थापाले बताउनु भयो ।

कार्ययोजना अनुसार जिल्ला स्तरीय लालटिन समन्वय डेस्क गठन भैसकेको छ । यो डेस्क प्रनाउ थापाको संयोजकत्वमा स्थानीय जनप्रतिनिधि छायानाथ रारा नगरपालिका वडा न १ का वडा अध्यक्ष पदमराज मल्ल,क्याम्पस तथा विद्यालयका तर्फबाट महाकाली नमुना माविका शिक्षक अर्जुन शाही,जिल्ला प्रशासन कार्यालयबाट हस्त बहादुर भाम,नागरिक अगुवाबाट रुपबहादुर मल्ल,संघ संस्थाबाट रारा छायानाथ यातायातका सचिव सन्तोष शाही,नेपाल पत्रकार महासङ्घ मुगु शाखा अध्यक्ष नृपेन्द्रबहादुर मल्ल ,लागू औषध सुधार केन्द्रबाट  रत्नचन्द्र जैशी सदस्य र जिल्ला प्रहरी कार्यालय सामुदायिक शाखाबाट प्रकाश सिंह कार्की सदस्य सचिव रहने गरी डेस्क गठन गरिएको हो  ।

जिल्ला समन्वय डेस्कसँगै पालिका,वडा,बस्ती,क्याम्पस र विद्यालयमा  लालटिन संरचना गठन गरिने प्रनाउ थापाले बताउनु भयो ।

अभियान अन्तर्गत गठन भएका सबै डेस्क,समूह,समितिहरूको मुख्य काम लागू औषध नियन्त्रणका लागि गाउँ समाजमा जनचेतना फैलाउनु,सम्बन्धित निकायमा सूचना दिनु,सेवनकर्ताको पहिचान गरि पुनर्जीवन दिने कार्य गर्नु  रहेको छ । युवा पुस्ताहरूले लहलहैमा लागेर होस् या आकस्मिक आर्थिक कमाइ गरि धनी बन्ने लालचमा परि लागू औषधको सेवन,व्यापार र ओसार पसार गर्दा दुर्व्यसनी गर्नेहरुको सङ्ख्या दिनप्रतिदिन बढिरहेको प्रहरीहरूको बुझाई छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button