रामग्राम स्तूपलाई विश्व सम्पदा सूचिमा राख्न पहल गर्छौ : मन्त्री किराँती

नवलपरासी,पश्चिम् । सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पश्चिम् नवलपरासीको रामग्राममा रहेको स्तूपको अवलोकन गर्नु भएको छ ।
रामग्राम स्तूपलाई विश्वसम्पदा सूचीमा राख्न सरकार प्रयत्नशील रहेको बताउँदै यस्ता स्थलहरूको संरक्षण गरेर राख्न सक्नु नै सुखद पक्ष रहेको उहाँले बताउनुभयो । ‘ विश्वसम्पदा सूचीले मात्र देशको छविलाई माथि उठाउँछ त्यसैले सरकारले यस्ता ऐतिहासिक स्थलहरूको
प्रवर्द्धन गर्नु पर्छ यसले सिङ्गो राष्ट्रको परिचय बोक्ने छ हामी यसलाई प्रमाणित गर्छौ’, मन्त्री किराँतीले भन्नुभयो ।
रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले स्तूप क्षेत्रको पूर्वाधार र विकासका लागि सरकालाई बजेट उपलब्ध गराउन मन्त्री किराँतीलाई ध्यानाकर्षण गराउनु भएको थियो ।
भगवान् गौतमबुद्धको एकमात्र अस्थीधातु रहेको रामग्राम स्तूपमा पुरातत्त्व विभागले उत्खननको काम गरिरहेको छ ।सोही क्रममा मन्त्री किकिराँतीले बिहिबार यसको स्थलगत निरीक्षण गर्नु भएको हो ।







प्रतिक्रिया राख्नुहोस्