तपाईँ सुन्दै हुनुहुन्छः

मुगुमा व्यावसायिक फुल खेती नहुँदा बजारमा कृत्रिम मालाको व्यापार 

मुगु । हिन्दु धर्मावलम्बीहरूको चाड  तिहार नजिकिँदै जाँदा मुगुको सदरमुकाम गमगढी बजारमा  व्यापारीहरूले प्लाष्टिक र नाइलनका कृत्रिम मालाहरूले बजार झिलिमिली बनाएका छन् ।  

मुगुमा एक, दुई जनाले सीमित रूपमा फुल खेती गरेपनि व्यावसायिक रूपमा  कसैले फुलखेति नगरेको पत्रकार महासङ्घ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बताउनुभयो । पछिल्ला केही बर्ष यता मुगुका स्थानीय तहहरूले दशै, तिहार लगायत विभिन्न शुभकार्यमा बजारबाट खरिद गरी कृत्रिम फुलको  प्रयोग गर्ने भएकाले कृत्रिम फुलको माग बढ्दै गएको पनि अध्यक्ष मल्लले बताउनु भयो । 

प्राकृतिक फुलहरूको अभाव भए पछि  व्यापारीहरूले कृत्रिम फुलहरूको व्यापार गर्दै आएका हुन् । सयपत्री फुलको खेती गर्ने सम्भाव्य ठाउँ र हावापानी हुँदा हुँदै पनि  विभिन्न चाडपर्व र शुभकार्यमा कृत्रिम माला प्रयोग हुँदा खल्लो महसुस हुने गरेको  खापरका धामी डिलविक्रम मल्ल बताउनु हुन्छ, उहाँ भन्नुहुन्छ  पुष्प खेती गरेका र गर्न चाहने  व्यक्तिहरूलाई  स्थानीय निकायहरूले अनुदान सहित प्राविधिक ज्ञान दिन आवश्यक छ ।  

पछिल्ला  केही बर्ष यता  मुगुमा  कपडाका खादा लगायत कृत्रिम फुलका मालाहरूको प्रयोग बढेपछि  छायाँनाथरारा नगरपालिकाले  नगरक्षेत्र भित्र यसको प्रयोग नगर्न निर्देशन समेत जारी गरेको छ ।   तिहारमा समेत कृत्रिम फुलको प्रयोग नगर्न रोक लगाएको नगर प्रमुख विष्णुकुमार भामले बताउनु भयो र  फुल खेतीको प्रचुर सम्भावना हुँदा हुँदै पनि  सबैले  सिजन अनुसार सयपत्री मखमली  लगायत विभिन्न  जातका फुलहरू उत्पादनमा लाग्न समेत आग्रह गर्नु भएको छ ।  

व्यावसायिक फुलखेतीमा लाग्न सकेको खण्डमा युवाको रोजगारी बन्न सक्ने पनि नगर प्रमुख भामले बताउनु भयो  हाल तिहार नजिकिँदै जाँदा मुगुको मुख्य व्यापारी केन्द्र गमगढी बजारमा किनमेल गर्ने मानिसहरूको भिडभाड बढी चहल पहल सुरु भएको छ । तिहारमा दिदी बहिनीको हात बाट टिका लगाई  नक्कली फुलको माला पहिरिदा अलि खल्लो महसुस हुने र  सयपत्री फुलको माला लगाउँदा त्यसको  महत्त्व र मन आनन्दित  हुने स्थानीय बासिन्दाहरू बताउँछन् ।  

छायाँनाथरारा नगरपालिका वडा नं ५ कार्कीवाडाका कृषक  बलचन्द्र कार्कीले  प्लास्टिक घरमा पुष्प व्यवसाय सुरु गर्नु भएको छ तर उहाँ उत्पादनले माग अनुसार परिपूर्ति  हुन सकिरहेको छैन । सानै देखि  मिहेनेति कृषक कार्की  फुलका अलावा मौसमे तथा बेमौसमे तरकारी खेती बाट लाखौँ रुपैयाँ  आम्दानी गर्दै आउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button