बर्दियामा बिरामी पाटेबाघको उद्धार

बाँके । बर्दियाको ठाकुरबाबा नगरपालिका–२ कर्मलादेखि अगाडि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पाटेबाघ नियन्त्रणमा लिइएको छ । बिरामी तथा घाइते अवस्थामा रहेको पोथी पाटेबाघ रेखदेखलगायत उपचारको लागि उद्धार गरिएको हो ।
घिस्रिँदै हिँड्दै गरेको पोथी पाटेबाघलाई डार्टमार्फत लट्ठ्याएर नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बद्री विनोद दाहालले जानकारी गराउनुभएको छ ।
बर्दियामा नियन्त्रणमा लिइएका बाघ राख्नका लागि उपयुक्त स्थान नभएपछि समस्या आउने गरेको छ ।
गम्भीर बिरामी अवस्थामा भेटिएको परेवा ओडार पोथी नाम दिइएको उक्त पाटेबाघलाई उचित राख्ने ठाउँ नभएपछि बर्दिया राष्ट्रिय निकुञ्जको खोरमा राखिएको अधिकृत दाहालले जानकारी दिनुभयो।
निकुञ्जले विभिन्न समयमा नियन्त्रणमा लिएको पाटेबाघमध्ये २ वटा रम्भापुरमा र ३ वटा बर्दिया राष्ट्रिय निकुञ्ज खोरमा गरी ५ वटा पाटेबाघ राखिएका छन् ।







प्रतिक्रिया राख्नुहोस्