बबई नदीमा डुबेर युवकको मृत्यु
नेपालगन्ज । बबई नदीमा डुबेर युवकको मृत्यु भएको छ ।
गुलरिया नगरपालिका वडा नम्बर १० रत्नापुरका २४ वर्षीय साहिद अन्सारीको बबई नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
अन्सारी डुब्नुको कारण थाहा हुन सकेको छैन । स्थानीयहरूले भने तटबन्धका लागि तारजाली बुन्दै गरेका एक जनालाई भारतीय प्रहरीले पक्रन खोज्दा भाग्ने क्रममा बबई नदीमा डुबेर अन्सारीको मृत्यु भएको दाबी गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्