उपनिर्देशक मानन्धर ABU Developing Broadcasters Excellence Award-2023 बाट सम्मानित

काठमाडौँ । एशिया–प्यासिफिक ब्रोडकाष्टिङ्ग युनियन (ABU)ले रेडियो नेपालका इन्जिनियर उपनिर्देशक पुरुषोत्तम मानन्धरलाई ABU Developing Broadcasters Excellence Award-2023 बाट सम्मान गरेको छ ।
एशिया प्रशान्त क्षेत्रका ६० भन्दा बढी राष्ट्रहरू सदस्य रहेको ABU ले दुर्गम क्षेत्रमा रेडियो प्रसारणको पहुँच पुर्याउन योगदान गरेकोमा रेडियो नेपालका इन्जिनियर मानन्धरलाई सो पुरस्कार प्रदान गरेको हो ।
दक्षिण कोरियाको सौलमा हालै आयोजित ABU को ६० औँ महासभामा रेडियो नेपालको प्रतिनिधि मण्डललाई हस्तान्तरण गरिएको सो पुरस्कार र सम्मान पत्र आज रेडियो नेपालमा आयोजित एक कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले इन्जिनियर मानन्धरलाई प्रदान गर्नुभयो ।
कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले एशिया प्यासिफिक क्षेत्रका विकासशील राष्ट्रका प्रसारण माध्यमले प्राप्त गर्ने सो पुरस्कार रेडियो नेपालका इन्जिनियरले प्राप्त गर्नु गर्वको कुरा भएको बताउनुभयो ।
पुरस्कार ग्रहण गर्दै रेडियो नेपालका उपनिर्देशक इन्जिनियर मानन्धरले एवियुले प्रदान गरेको सम्मान र पुरस्कारबाट आफूलाई आगामी दिनमा थप उत्साहका साथ काम गर्ने उत्प्रेरणा मिलेको बताउनुभयो ।
ABU ले रेडियो नेपालका इन्जिनियर उदयकृष्ण श्रेष्ठलाई पनि गतवर्ष इन्जिनियरिङ एक्सिलेन्स अवार्डबाट सम्मान गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्