बाँकेमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
नेपालगन्ज । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
ट्रकको ठक्करबाट कोहलपुर नगरपालिका वडा नम्बर १० चटारका ३५ वर्षीय तीर्थराम थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको ना ६ ख ८८९८ नम्बरको ट्रकले गएराती साइकलमा सवार थारुलाई ठक्कर दिएको थियो । ठक्करपछि थारुलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा ट्रकका सहचालक गम्भीर घाइते भएका छन् । उनको कौशल्या मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक भने फरार छन् ।








प्रतिक्रिया राख्नुहोस्