बैजनाथमा मेसिनले धान काट्ने क्रममा एक पुरुषको हात नै काटियो

बाँके । बैजनाथमा धान काट्ने मेसिनले एक पुरुषको हात काटिएको छ ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ बस्ने ४१ वर्षीय राम गोपाल थारुको हात काटिएको हो । आज बिहान २ः५० बजेको समयमा थारुले आफ्नै घरको धान काट्ने मेसिनमा धान हाल्ने क्रममा दाहिने हात मेसिनमा परी कुम भन्दा तल पूरा काटिएको थियो ।
बिहानै ४ः३० बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको लागि ल्याइएकोमा थप उपचारको लागि काठमाडौँ लैजानुपर्ने बताइएको छ । हाल इमर्जेन्सी वाडमा राखी उपचार भइरहेको छ । घाइते थारु सशस्त्र प्रहरी बल नेपालको भूपू प्रहरी हुनुहुन्छ।







प्रतिक्रिया राख्नुहोस्