तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौँ I नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी रहेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बिहान ८ः३० बजेदेखि बैठक सुरु भएको सो पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । 

आइतबारका लागि बोलाइएको उक्त बैठक छलफलका विषय महत्त्वपूर्ण भएको र गृहकार्य अपुग भएकाले गृहकार्य नपुगेको भन्दै आजका लागि सरेको थियो । आजको बैठकमा पार्टीले हालै सम्पन्न गरेको मेचीमहाकाली समाजवादी जागरण अभियानको समीक्षा, पार्टीको राष्ट्रिय महाधिवेशन र सरकारका कामकारबाहीबारे छलफल हुने सो पार्टीले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button