तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय दूतावासद्वारा भूकम्प प्रभावितलाई राहत सामग्री सहयोग

नेपालगन्ज । भारतीय राजदूतावासले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितलाई सहयोग गरेको छ ।

दूतावासले नेपालगञ्ज विमानस्थलमा विभिन्न सामान ल्याएर उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेको हो । राजदूत नवीन श्रीवास्तवले रक्षामन्त्री खड्कालाई सामान हस्तान्तरण गर्नुभयो ।

बनारसबाट राहतको सामान बोकेर इन्डियन एयर फोर्स जहाज सिधै नेपालगञ्ज विमानस्थलमा ल्यान्ड गरेको थियो । राजदूत श्रीवास्तवले ११ टन भन्दा बढी सामान आज आएको र भोली पनि सामान आउने जानकारी दिनुभयो । उहाँले भारत सरकारले नेपालमा परेको विपत्तिमा सधैँ सहयोग गर्ने बताउनुभयो ।

भारतले औषधि, टेन्ट, स्लिपिङ ब्याग, कम्बल सहयोग गरेको छ । सहयोग बुझ्दै रक्षामन्त्री खड्काले पुनर्निर्माणको चरणमा पनि सहयोग गर्न आग्रह गर्नुभयो ।

भारतबाट आएको सामानलाई जाजरकोट र पश्चिम रुकुममा पठाउन उपप्रधानमन्त्री खड्काले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button