तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा मास्की

दाङ । लुम्बिनी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धन बहादुर मास्कीलाई दिइएको छ ।

मुख्यमन्त्री डिल्ली बहादुर चौधरी एक कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेकाले त्यो अवधिसम्मको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री मास्कीलाई प्रदान गरिएको हो । कात्तिक १८ गतेदेखि मुख्यमन्त्री नफर्किँदासम्म मुख्यमन्त्रीको सिफारिसमा अर्थमन्त्री मास्कीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखका प्रवक्ता धर्मा अर्यालले बताउनुभयो ।

मुख्यमन्त्री चौधरी ‘द एसेम्बली स्टेट अफ न्यू योर्क, अलबेनीक ३० औँ डिस्ट्रिक्ट’ लगायतका दुई वटा कार्यक्रममा सहभागी हुने अमेरिका जान लाग्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button