महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डद्वारा मायादेवी मन्दिर अवलोकन

भैरहवा। संयुक्त राष्ट्रसङ्घका महासचिव अन्टाेनियो गुटेरेस र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मायादेवी मन्दिर, बुद्धजन्मस्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भको निरीक्षण र भ्रमण गर्नुभएको छ ।

महासचिवलाई मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पुष्पकरणी पोखरीको छेउमा रहेको पीपलको रुखमुनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, लुम्बिनी बिकास कोसका उपाध्यक्ष ल्यार्काल लामाले स्वागत गर्नुभएको छ ।










प्रतिक्रिया राख्नुहोस्