तपाईँ सुन्दै हुनुहुन्छः

बारामा निजी विद्यालय सञ्चालकमाथि गोली प्रहार गरि हत्या

बारा । बारामा एक निजी विद्यालय सञ्चालकलाई आपराधिक समूहले गोली प्रहार गरि हत्या गरेको छ । 

कलैया उपमहानगरपालिका वडा नं ६ निवासी अन्दाजी ४५ वर्षीय  गुडु  भनिने रुपेश स्वर्णकारलाई आपराधिक समूहले  छाती र पाखुरामा तीन राउण्ड गोली प्रहार गरि फरार भएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।

एउटै मोटरसाइकलमा चढेर आएका तीन जनाको समूहले गोली प्रहार गरि हत्या गरि फरार भएको काफ्लेले जानकारी दिनुभयो । घटनापछि अहिले  सुरक्षा अवस्था कडा पारिएको छ ।

स्वर्णकारलाई गम्भीर घाइते अवस्थामा एलएस न्यूरो अस्पतालमा उपचारका लगिएकाे थियाे र उपचारकै क्रममा उहाँकाे मृत्यु भएकाे हाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button