तपाईँ सुन्दै हुनुहुन्छः

तालवाराही मन्दिरमा दर्शनार्थी एवं पर्यटकको भिड (फिचरफोटो)

पोखरा I पोखराको धार्मिक एवं पर्यटकीय गन्तव्य तालवराही मन्दिरमा यस वर्षकै सबै भन्दा बढी भिड लागेको छ । 

दशैं पर्वको अन्तिम दिन आज (कोजाग्रत पूर्णिमा) पर्वको अवसरमा तालवराही मन्दिरमा दर्शन गर्ने दर्शनार्थी एवं पर्यटकहरूको अत्याधिक भिड भएको फेवा डुङ्गा व्यवसायी सङ्गठनका निवर्तमान अध्यक्ष बुद्धिबहादुर नेपालीले बताउनु भयो ।

तालवराही मन्दिरको दर्शन गर्न डुङ्गा सयरको लागि टिकट काट्ने र लाइफ ज्याकेट लिनेहरूको बिहानै देखि ठुलो भिड लागेको छ । शनिवार आज बिहानै देखि तालवराही मन्दिरको दर्शन गर्न तथा दशैंको जमरा सेलाउने एवं घुमघाम गर्ने पर्यटकहरूको सङ्ख्या वर्ष दिनकै सबै भन्दा बढी भएको एक डुङ्गा व्यवसयाी पृतम कुंवरले दाबी गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button