चिप्लिएर खोलामा खस्दा सैनिकको मृत्यु
दाङ । दाङको लमहीमा चिप्लिएर अर्जुन खोलामा खस्दा १ जना आर्मीको मृत्यु भएको छ।
लमही नगरपालिका ६ देउपुरमा रहेको रणसिंह दल गणका ३० वर्षीय लेस नायक शीतल थापाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शंखर श्रेष्ठले जानकारी दिनुभयो ।
लमजुङ जिल्ला मध्य नेपाल नगरपालिका–९ घर भएका थापा उक्त गणमा कार्यरत रहनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्