तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री  पुष्पकमल  दाहाल  प्रचण्ड  र नेकपा  एमालेका अध्यक्ष केपी  शर्मा ओली बिच  सिंहदरबारमा भेटघाट भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संयुक्त राष्ट्रसङ्घका महासचिव तथा कतारका राजाको नेपाल भ्रमणका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो भेटमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बारेमा पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button