बाल हेल्प लाइन : मधेशका ४ जिल्लामा प्रभावकारी बन्दै
जनकपुरधाम । विभिन्न प्रकारको हिंसा सहितको अन्य प्रकारको समस्यामा परेको बालबालिकाहरूको लागि सञ्चालनमा रहेको वाल हेल्प लाइन नेपालको कार्यक्रम मधेश प्रदेशका ४ जिल्लामा प्रभावकारी देखिएको छ ।
धनुषा, महोत्तरी, सिरहा तथा सप्तरी जिल्लाका बालबालिकाका लागि जनकपुरधाममा राष्ट्रिय बालअधिकार परिषद्, नेपाल दूरसञ्चार प्राधिकरण, सिविन नेपाल र आसमान नेपालको सहयोगमा सञ्चालित बाल हेल्प लाइनबाट हालसम्म २ सय ७९ जना बालबालिकाहरूले विभिन्न प्रकारको सहयोग पाएका छन् ।
शारीरिक, मानसिक हिंसामा परेका वा अन्य प्रकारका समस्यामा परेका बालबालिकाहरूले १०९८ मा फोन गरेर सबै प्रकारको सहयोग पाउने भएकाले हालसम्म सो सङ्ख्यामा सहयोग पाएको आसमान नेपालका कार्यकारी निर्देशक नबल यादवले जानकारी दिनुभयो । हिंसामा परेका बालबालिकाहरूको पुनर्स्थापना, शिक्षा तथा रोजगारीसम्मका लागि सहयोग संस्थाले गरिरहेको छ ।
बाल हेल्प लाइन २४ घण्टा नै खुल्ला रहने हुँदा समस्यामा रहेका जुनसुकै बालबालिकाले फोन गर्ने र समस्याको प्रकृति अनुसार प्रहरीको साथ लिएर काम गर्ने गरेको शेखले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्