तपाईँ सुन्दै हुनुहुन्छः

‘स्वास्थ्य गतिविधि’ उत्पादन, प्रसारण गर्नेसम्बन्धी सम्झौता

काठमाडौँ । रेडियो नेपाल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रबिच ‘स्वास्थ्य गतिविधि’ कार्यक्रम उत्पादन, प्रसारण गर्नेसम्बन्धी सम्झौता भएको छ ।

विगत वर्षदेखि प्रसारण हुँदै आएको स्वास्थ्य गतिविधि रेडियो कार्यक्रम हरेक मङ्गलवार साँझ ६ः २५ देखि १५ मिनेट कार्यक्रम प्रसारण गर्ने सम्झौता गरिएको छ ।

यस्तै स्वास्थ्य सम्बन्धी सन्देश प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रबिच सम्झौता भएको छ ।

स्वास्थ्यसँग सम्बन्धित सन्देशहरू रेडियो नेपालको विभिन्न प्रसारण समयमा यस आर्थिक वर्षभरि प्रसारण हुने सम्झौतामा उल्लेख छ ।

सन्देश तथा विज्ञापन सातै प्रदेशका प्रसारण केन्द्र मार्फत मुख्य मुख्य राष्ट्र भाषामा अनुवाद गरी प्रदेशगत प्रसारण समेत हुने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button