प्रधानमन्त्री प्रचण्ड धनगढी आउनुहुँदै
धनगढी । समाजवादी मोर्चा नेपालको आज धनगढीमा सन्देश सभा हुदैछ । यसअघि दुई पटक स्थगित भएको सन्देश सभा धनगढीको साैराई प्यालेसमा हुने गरि तयारी गरिएको छ ।
सन्देश सभालाई प्रधानमन्त्री एवं नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द “विप्लव” ले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ । सभाकाे व्यवस्थापन गरिरहेको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य दीर्घ साेडारीले सभा आयोजनका लागी सम्पूर्ण प्राविधिक एवं व्यवस्थापकीय तयारी पूरा भएको बताउनु भयो ।
प्रधानमन्त्री प्रचण्ड धनगढी आउनु हुने भएपछि सुरक्षा व्यवस्था सुदृढ तुल्याइएको छ । प्रहरीका अनुसार कार्यक्रम स्थल र त्यस वरपर, राजमार्ग क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी भरत बोहराले प्रधानमन्त्री प्रचण्ड काठमाण्डाै-धनगढीकाे नियमित उडान (जहाज)बाट कैलाली आउनु हुने बताउनु भयो । प्रधानमन्त्री प्रचण्ड लम्की पुगेर नेकपा एकीकृत समाजवादीका प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडूवालप्रति श्रद्धाञ्जली प्रकट गर्नु हुने छ । उहाँले घाेडाघाेडी र गाैरीगंगा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्नु हुने र दिउँसो धनगढीमा मोर्चाको सभालाई सम्बोधन गर्नु हुने कार्यक्रम रहेको डिआइजी बोहराले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्