तपाईँ सुन्दै हुनुहुन्छः

पाल्हीनन्दनबाट झन्डै दस लाख बराबरको अवैध औषधि  बरामद

नवलपरासी I भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध औषधि बरामद भएको छ। 

जिल्लाको पाल्हिनन्दन गाउँपालिका -१ बन्दामा पैदल ल्याउँदै गरेको अवस्थामा शनिवार औषधि बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद औषधि करिब ९ लाख ८१ हजार ६२ रुपैयाँ बराबरको रहेको सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरी टोलिले औषधि बरामद गरेको र प्रहरी देख्नसाथ ती पैदल यात्रु फरार भएको प्रहरीको भनाई छ । बरामद औषधि आवश्यक कारबाहीका लागि भन्सार कार्यालय महेशपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button