तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा दुई दिन विद्युत् अवरुद्ध हुने

रोल्पा । रोल्पामा दुई दिन विद्युत् अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण अन्तरगत रोल्पा वितरण केन्द्र मार्फत वितरण गरिएको ३३ केभी, ११ केभी र ४ केभी प्रसारण तथा वितरण लाइनको बिजुलीको तार तथा पोल वरपरका रुख, बुट्यान, रुखका हाँगा कटान गरी सफा गर्न लागिएकाले शनिबार बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म सुनिल स्मृति गाउँपालिका, लुङग्री गाउँपालिका, सुनछहरी गाउँपालिका, माडी गाउँपालिका, थवाङ गाउँपालिका र रोल्पा नगरपालिकाका सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा रोकिने भएको हो ।

त्यसैगरी आइतबार बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म सुनछहरी गाउँपालिका, लुङग्री गाउँपालिका, माडी गाउँपालिका, परिवर्तन गाउँपालिका, थवाङ गाउँपालिका, गङ्गादेव गाउँपालिका र रोल्पा नगरपालिका अन्तरगत जंकोट, हवामा, कोर्चाबाङ र कोटगाउ लगायतका ठाउँमा विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण रोल्पा वितरण केन्द्रले जानकारी गराएको छ।

शनिबार बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म रेडियो नेपालको रोल्पा रिले प्रसारण एफएम १०३ मेगाहर्ज, नेपाल टेलिभिजनको रिले प्रसारण अवरुद्ध हुनेछ भने अन्य सामुदायिक रेडियो जलजला, रोल्पा, मालश्री, सभ्यता र माडी आवाज एफएमको पनि प्रसारण अवरुद्ध हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button