तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा । झापामा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

आज पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख २०८३ नम्बरको ट्रकले बिर्तामोड नगरपालिका–१ मा ठक्कर दिँदा पैदलयात्री दोलखा कालिन्चोकका ५१ वर्षीया देवीमाया थामीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी थामीको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनामा संलग्न ट्रक र चालक सुनसरी गढी गाउँपालिका–४ का ३९ वर्षीय रमेश चौधरीलाई इलाका प्रहरी कार्यालय अनारमणिले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button