इजरायलमा भएको घटनाप्रति राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा दुःख व्यक्त
काठमाडौं। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले इजरायलमा भएको अतिवादी हमास समुहको आक्रमणमा परी १० जना नेपाली बिद्यार्थीहरुको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले आज एक विज्ञप्ति प्रकाशन गरी आतङ्ककारीको हिंसात्मक आक्रमणमा परी दुःखद् मृत्यु भएको समाचारले आफू स्तब्ध भएको भन्दै निधन भएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जलि र उनीहरुका परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।
अध्यक्ष तिमिल्सिनाले इजरायलमा सम्पर्कविहीन रहेकाको खोजी गर्न, त्यहाँ रहेका थप विद्यार्थी एवं सबै नेपालीको आवश्यक सुरक्षाको प्रबन्ध गर्न र नेपाल फर्किन चाहनेलाई सुरक्षितरुपमा स्वदेश फर्काउने व्यवस्था गर्न नेपाल सरकारसमक्ष आग्रह गर्नुभएको छ ।
दक्षिणी इजरायलको किबुज भन्ने स्थानमा गत शनिबार त्यहाँको आतङ्कवादी समूह हमासले गरेको आक्रमणमा परी नेपाली विद्यार्थीसहित सयौँ इजरायलीको ज्यान गएको छ ।







प्रतिक्रिया राख्नुहोस्