तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन आजदेखि

काठमाडौँ।नेकपा (एमाले)को सुदूर पश्चिम प्रदेश प्रथम अधिवेशन आजबाट सुरु हुँदै छ । धनगढी स्थित सौराइ ब्यांक्वेटमा बिहान ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारीका अनुसार पहिलो प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । उनका अनुसार अधिवेशनमा महासचिव शंकर पोखरेल, पार्टीका सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापासहित केन्द्रीय सदस्यहरू उपस्थित हुने छन् ।

आज उद्घाटन सत्र सकिए लगत्तै भावी नेतृत्व चयनका लागि बन्द सत्र सुरु हुने छ । प्रदेश अध्यक्षका लागि नेताहरू कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले दाबी गरेका छन् ।

अधिवेशनले पदाधिकारीसहित १ सय ५५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ ।

एमालेको लुम्बिनी, बागमती, कर्णाली, कोशी, गण्डकी प्रदेश र उपत्यका विशेष प्रदेश कमिटी गरी छ प्रदेशमा अधिवेशन सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button