तपाईँ सुन्दै हुनुहुन्छः

यस वर्षको जितिया पर्व आजदेखि सम्पन्न

जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लामा श्रद्धा भक्ति तथा नियम निष्ठापूर्वक मनाइने जितिया पर्व आजबाट सम्पन्न भएको छ ।

पुत्रको दीर्घायु, पुत्र प्राप्ति तथा परिवारको कल्याण, सुख शान्ति तथा समृद्धिको कामना सहित मनाइने जितिया पर्व निक्कै कठोर मानिन्छ । गत बिहीबार नहाखा गरी शुरु भएको व्रत गर्ने व्रतीहरू हिजो (शुक्रबार) बिहान ४ बजेदेखि दिउँसो बाह्र बजेसम्म पानी पनि नखाएर उपवास बसेका थिए ।

व्रतीहरूले आज बिहान ११ बजेपछि स्नान गरेर नयाँ वस्त्र धारण गरी जिमुत वाहनलाई काँक्रो, मटरको दाना, फलफूल, सुपारी सहितका सामाग्रीहरू अर्पण गरेर पर्वको समापन गरेका छन् ।

जितिया पर्वका व्रतीहरू आज पनि जनकपुरधामको प्रसिद्ध गंगासागर सहित धार्मिक तलाउमा स्नान गरेका थिए ।

जितिया पर्व झापादेखि चितवन जिल्लामा बसोबास गर्ने मधेशी तथा थारु जातिको साझा सांस्कृतिक तथा धार्मिक महत्वको पर्वको रुपमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button