सुख प्राप्त गर्न समृद्धि र न्याय चाहिन्छ : अध्यक्ष ओली
भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश असहज अवस्थामा पुगेकाले हरेक नेपाली सकारात्मक परिवर्तन ल्याउन लाग्नुपर्ने बताउनुभएको छ ।

आज भक्तपुरको कौशलटारमा आयोजित दीपेन्द्रराज गिरी स्पाइनल नेत्र प्रतिष्ठानको उद्घाटन तथा विधाता नामक पुस्तक विमोचन कार्यक्रममा ओलीले सुख प्राप्त गर्न समृद्धि र न्याय चाहिने बताउनुभयो ।
ओलीले देशका विकृति, विसङ्गति हामीले रोक्न सक्छौँ र रोक्नुपर्छ भन्दै हाम्रो देश हामीले नै बनाउनुपर्ने अरू कसैले नबनाइदिने बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले समुन्नत नेपाल निर्माणका लागि सामूहिक सङ्कल्प आवश्यक रहेको बताउनुभयो । उहाँले कुरा भन्दा काम गर्ने नेता जनताले खोजेको बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य दुर्लभ थापा र कांग्रेस नेता मधु आचार्यले देशको आर्थिक सामाजिक रुपान्तरणका लागि सबै दल एकै ठाउँमा उभिनुपर्ने बताउनुभयो ।
सो अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्व मुख्य सचिव विमल कोइराला, पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक सनतकुमार बस्नेत, पत्रकार ऋषि धमला लगायत समाजका विभिन्न क्षेत्रमा योगदान दिएका एक दर्जन भन्दा बढी व्यक्तिलाई सम्मान गरिएको थियो ।
दीपेन्द्रराज गिरी जनआन्दोलनका घाइते हुनुहुन्छ ।







प्रतिक्रिया राख्नुहोस्