महोत्तरीमा १३ कैदीको सजाय मिनाहा

महोत्तरी । संविधान दिवसको अवसरमा बुधबार महोत्तरी कारागारबाट १३ जना कैदीको कैद सजाय मिनाहा गरिएको छ ।
विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका ५० प्रतिशत कैद अवधि पुरा गरेको १२ जना र ४० प्रतिशत कैद अवधि पुरा गरेको १ जना गरी जम्मा १३ जना कैदीहरूको कैद सजाय माफ गरिएको महोत्तरी कारागार कार्यालयका प्रमुख रामचन्द्र साहले जानकारी दिनुभएको हो ।
संवैधानिक व्यवस्था अनुसार सरकारले देशभरका ६७० जना कैदीहरूको माफी मिनाहा गर्नुभएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको भदौ २९ को सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी देशभरका६७० जना कैदी मध्ये महोत्तरी कारागारबाट १३ जना कैदीको कैद माफी भएको कारागार कार्यालय महोत्तरीले जनाउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्