एसिया कप क्रिकेट : आसिफको अर्धशतक

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा सुरुआती ब्याट्सम्यान आशिफ शेखले अर्धशतक बनाएका छन् ।
श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा आशिफले ८८ बलमा सात चौकाको मद्दतमा ५० रन बनाएका हुन् ।
आशिफ ९७ बलमा ५८ रन बनाएर आउट भए ।
टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २९ दशमलव ५ ओभरमा चार विकेट गुमाउँदै १३२ रनको योगफल बनाउँदै खेलिरहेको छ ।







प्रतिक्रिया राख्नुहोस्