भारतविरुद्ध आजको खेलमा शतक हान्ने खेलाडीलाई एक लाख रुपैयाँ दिने घोषणा

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भारतविरुद्ध आजको खेलमा शतक हान्ने खेलाडीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ।
यस्तै, चार विकेट लिने खेलाडीलाई पनि जनही एक एक लाख दिने भएको छ।
एशिया कपमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै एशिया कप क्रिकेट प्रतियोगिता २०२३ मा श्रीलङ्कामा शतक प्रहार गर्ने नेपाली खेलाडीलाई हौसला बढाउन एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो।
सोमबार बसेको नगर प्रमुख स्तरीय बैठकले यस्तो निर्णय गरेको नगर प्रवक्ता लालबहादुर ऐरले जानकारी दिनु भएको छ।








प्रतिक्रिया राख्नुहोस्