तपाईँ सुन्दै हुनुहुन्छः

विद्युतीय धरापमा परेर एक युवकको मृत्यु 

चितवन । चितवनको माडी नगरपालिका वडा नम्बर ३ धोबहामा विद्युतीय धरापमा परेर एक युवकको मृत्यु भएको छ । जङ्गली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय धरापमा  परेर स्थानीय २६ वर्षीय धिरन महतोको मृत्यु भएको हो ।

विद्युतीय धरापमा करेन्ट लागेर घाइते हुनुभएका उहाँलाई शनिबार साँझ बघौडा अस्पताल माडीमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दिपक रिजालले जानकारी दिनुभयो । 

उहाँका अनुसार महतोलाई भरतपुर अस्पतालमा पुर्‍याएपछि त्यहाँका चिकित्सकहरूले मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button