तपाईँ सुन्दै हुनुहुन्छः

सुन तस्करी प्रकरण मस्यौदा समितिले तयार पार्यो मस्यौदा, शीर्ष नेताहरूसमक्ष पेश गर्ने तयारी

काठमाडौँ । सुन तस्करी प्रकरणका विषयमा मस्यौदा तयार पार्न प्रमुख तीन दलका नेता सम्मिलित मस्यौदा समितिले मस्यौदा तयार पारेको  छ । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मस्यौदा समितिको बैठकले आज बस्ने शीर्ष नेताहरूको बैठकमा प्रस्तुत गर्ने विषयमा मस्यौदा तयार पारेको हो । 

समितिले तयार पारेको मस्यौदा आजै बस्ने शीर्ष नेताहरूको बैठकमा बुझाउने र अन्तिम रूप दिने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो  । 

हिजो बसेको प्रमुख राजनीतिक दलको शीर्ष नेताहरूको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन सहमति भएको थिए ।

बैठकले छानबिन समितिको कार्यादेश र संरचनाको मस्यौदा तयार पार्ने जिम्मा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेसका मुख्य सचेतक रमेश लेखक र माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेलाई दिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button