तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुराको परशुराममा एक बालिका मृत फेला

डडेल्धुरा । जिल्लाको परशुराम नगरपालिकामा एक बालिका मृत फेला परेकी छन्।

परशुराम नगरपालिका वडा नम्बर १२ आमपानि बस्ने मोहन राउटेकी  १४ बर्षिया छोरी अमृता राउटे बुधबार मृत फेला परेकी हुन् ।

आमपानि बाटोको उत्तर तर्फको रंगुन नदीको किनाराको तटबन्धमा मृत फेला परेकी हुन्। 

हिजो मङ्गलवार दिउँसो घरबाट माछा मार्न भनी खोला तिर गएकी अमृता अबेरसम्म घर नआएपछि खोजी गर्दा उनी आज बिहान मृत अवस्थामा फेला परेकी इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख गंगा दत्त बडूले बताउनु भयो  ।

‘बालिकाको लुगा भिजेको छ । मुखबाट फिँज आएको छ’, बडूले भन्नु भयो ।

घटनाको बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button