तपाईँ सुन्दै हुनुहुन्छः

मानव कङ्काल फेला परेको नौ दिनसम्म पनि पहिचान हुन सकेन

रोल्पा । रोल्पाको जलजला क्षेत्र सुनछहरी गाउँपालिका वडा नं. ७ निसाना जङ्गलमा यही साउन महिनाको २० गते फेला परेको मानव कङ्कालको आज ९ दिन हुँदासम्म पनि पहिचान हुन सकेको छैन ।

फेला परेको अस्थिपञ्जर पुरुष वा महिला कसको हो, नाम थर, उमेर, ठेगाना केही पनि खुल्न नसकेको मानव कङ्कालको भने हात, खप्पर र छातीको भाग मात्र घटनास्थलबाट फेला परेको प्रहरीले बताएको छ ।

घटनास्थलको अनुसन्धान पश्चात् मुचुल्का गरी उक्त अस्थिपञ्जरको भाग पोष्टमार्टम र पहिचान गर्नको लागी जिल्ला अस्पताल रेउघा रोल्पामा राखिएको छ

अस्थिपञ्जरको अनुसन्धान कार्य जारी रहेको र हाल सम्म पनि पहिचान हुन नसकेकोले प्रहरीले घटनास्थलबाट फेला पारेको सामानहरू  चुनावको समयमा नेकपा एमाले पार्टीको प्रचार प्रसारमा प्रयोग भएको चुनाव चिन्ह सूर्य छापिएको र सूर्य चिन्हमा मतदान गरौँ भन्ने लेखिएको सेतो टिसर्ट, चप्पल, उनीको कालो टोपी, भाडाकुडा, थप एक टिसर्ट, महीलाले लगाउने लुङ्गी लगायतका कपडाहरू फेला परेकोले र ती कपडाका माध्यमबाट सनाखत गरी सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक श्याम कुमार शारुमगरले सबै निकाय सर्वसाधारण सङ्ग अनुरोध गर्नुभयो ।

साथै कोही कसैले पहिचान गरेमा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटहरूमा खबर गर्नसमेत प्रहरी नायव उपरीक्षक शारुमगरले अपिल गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button