तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा बाढीले बगाउँदा एक जनाको मृत्यु  

धनगढी । कैलालीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । 

खुटिया नदीमा आएको बाढीले बगाउँदा गोदावरी नगरपालिका ९ का रत्नप्रसाद भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । 

नदीबाट दाउरा निकाल्ने क्रममा उनीलाई बाढीले बगाएको हो । सुरक्षाकर्मी र स्थानीयले खोजतलास गर्दै जाँदा घटनास्थलभन्दा तल खोलामा भट्टराई मृत अवस्था भेटिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button