तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको पूर्णताले कामको गति बढ्छ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको पूर्णताले कामको गति बढ्ने मुख्यमन्त्री कमल बहादुर शाहले बताउनुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्र जाने क्रममा उनले अबको मन्त्रीपरिषद्को बैठकले प्रदेशको विकास र समृद्धिका लागि नयाँ योजना ल्याउने बताउनुभयो ।

“हामी गठबन्धनभित्र जति पनि पार्टीहरू छौँ, त्यसको प्रतिनिधित्व भएको छ । सबै दलको सहभागिताले पक्कै पनि काम गर्न सहज हुनेछ ” उहाँले भन्नुभयो ।

गत माघमा मुख्यमन्त्री नियुक्त हुनुभएका कमल बहादुर शाहले गठबन्धन दलमा भागबन्डा नमिल्दा सरकारलाई पूर्णता दिन सक्नुभएको थिएन ।

एक मन्त्री र एक राज्यमन्त्री दिने सहमतिपछि गत बुधवार मात्रै उन्मुक्ति पार्टी सरकारमा सहभागी भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button