सर्वोच्च अदालतद्वारा नालामाथि बनेका संरचना तत्काल नतोड्न अन्तरिम आदेश
वीरगञ्ज । बीरगंज महानगरपालिकाले नालामाथि बनाएका घर तथा संरचना तोडेको विषयलाई लिएर सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयाँलले बीरगंज महानगरपालिकाले वडा नम्बर १० को कित्ता नम्बर ६, ७ र ४२ का जग्गामा नक्सा पास भएको भन्ने जिकिर प्रस्तुत निवेदनमा देखिएको र निवेदकलाई पर्न सक्ने सुविधा सन्तुलनको दृष्टिकोणबाट उक्त जग्गामा बनेका संरचनालाई असर पर्ने कुनै पनि कार्य नगर्न/नगराउन सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ को २ ख बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गर्नुभएको छ ।
आदेशमा साउन २५ गते दुवै पक्षबिच अदालतमै छलफल को मिति समेत तोकिएको छ । आफू मर्कामा परेको भनी वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का पवन कुमार गुप्ताले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्