विधायन व्यवस्थापन समिति बैठक : विद्युतीय माध्यमबाट हुने कारोबारलाई सुरक्षित बनाउनु आवश्यक

काठमाडौँ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० माथि भएको छलफलले विद्युतीय माध्यमबाट हुने कारोबारलाई सुरक्षित बनाउनु आवश्यक रहेकोमा जोड दिएको छ ।
विधेयकका दफाहरूमाथिको छलफलमा सम्बन्धित क्षेत्रका विज्ञहरूले सूचना, प्रविधिको माध्यमबाट हुने सबै प्रकारका कारोबारको व्यवस्थापन, यसको सुरक्षा, आउन सक्ने चुनौती र नियमन सम्बन्धी स्पष्ट प्रावधान राख्न सुझाव दिनुभयो ।
छलफलमा विद्युतीय कारोबारलाई सुरक्षित, भरपर्दो बनाउन गुनासो सुन्ने र झुटा उजुरी तथा झुटा रेटिङ र रिभ्यू दिने जस्ता कार्यहरूलाई समेत नियमन तथा कारबाही गर्न उचित प्रावधानहरू थप गर्न सुझाव राख्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्